फिटनेश ¥याम्पमा मरिस्का र गजित

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, २८ भदौ । ‘चपली हाइट २’ अभिनेत्री मरिस्का पोखरेल, अभिनेता गजित बिष्ट, विश्वकै कान्छा निर्देशक सौगात बिष्टलगायत आधा दर्जन बढी कलाकर्मीले फिटनेश ¥याम्प नाप्ने भएका छन् । ‘जुम्वाण्डु फिटनेश क्लब’ भिमसेन गोलाले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागेको ‘जुम्बा एन्ड डिजे डान्स पार्टी २०१६’ मा सेलिब्रेटी, सिनियर जुम्बा प्रशिक्षक र युवा युवती एकसाथ फिटनेश ¥याम्पमा देखिने छन् ।
मानिसको स्वस्थ्यका लागि जुम्मा फिटनेशको महत्व बुझाउने उद्देश्यले नेपालमै पहिलोपटक फिटनेश ¥याम्प आयोजना गरिन लागिएको जुम्बा फिटनेशका प्रबन्धक अर्जुन रखाल मगरले बताए । मगरले भने, ‘कार्यक्रममा वैज्ञानिक तवरले रेगुलर एक्सरसाइज गरे अस्पताल र औषधिविना पनि स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश सबै माझ जानेछ ।’
आनन्द इभेन्ट भिमसेन गोलामा आगामी ३ असोजमा आयोजना हुने कार्यक्रममा सहभागीलाई फिटनेश ज्ञानका अलवा विभिन्न मनोरञ्जन दिने उद्देश्यले डान्स पार्टी, वेइलकम डिक्स, बफेट डिनरलगायत प्याकेजका कार्यक्रमसमेत राखिएका छन् ।
स्वस्थका लागि फिटनेशको महत्व आफू पनि बुझ्न र अरुलाई पनि बुझाउन फिटनेश ¥याम्पमा सहभागी हुन लागेको अभिनेता गजित बिष्टले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट