नेपालमा जलश्रोतको विकास

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

मानव जातिले खेतीपाती गरेर बस्न थालेपति कुवा कुलो आदि बनाउदा नदी किनारहरु जस्तै एउफ्रेटिसस्, नाईल, सिन्धु नदी किनार, याङजीक्याङ, मिजुरी, आमाजोन सभ्यता विकास गर्दा नै जलश्रोतको उपयोग गर्न थालिसकेका थिए । तर यस्ता नदी नालाहरुबाट विजुली विकास गर्ने प्रविधि भने १९ औं र २० औं शताव्दिमा मात्र विकसित भएको हो । युरोप अमेरिकामा यो प्रविधि विकसित भएपछि विस्तारै एसियामा पनि यस प्रविधिको विस्तार भयो । नेपाल र भारतमा सँगसँगै जस्तो विशौं शताब्दीको शुरुमा जलुविद्युत विकासको शुरुवात भएको हो । नेपालमा सन १९११ मा फर्पिङ जलविद्युत केन्द्र ५ केडब्लु बनेको हो ।

राणाहरुले आफ्नो र भाई भारदारहरुको प्रयोगका लागि काठमाडौंबाट शुरु गरेको विद्युतको विकासक्रम क्रमशः हुदै गयो । सन १९३५ मा सुन्दरीजल १ हजार केडब्लुको प्रोजेक्ट बन्यो । २००७ सालपछि आवधिक योजना बनाएर यसको विकास गर्ने परिपाटी कायम भयो । विभिन्न समयमा त्रिशुली, पनौति, फेवा गरी २४.५ मेगावाट र सन १९७१–१९८० सम्म देवीघाट, सुनकोशी, गण्डकी, तिनाउ गरी ४० मेगावाट, सन १९८१–१९९० भित्र कुलेखानी पहिलो र दोश्रो मस्र्यांदी, सेती, तातोपानी १६३.५ मेगावाट, सन १९९० – १९९८ सम्ममा झिमरुक, आधिखोला, १७.१ मेगावाट, सन १९९९ –२००३ सम्ममा कालीगण्डकी, खिम्ती, भोटेकोशी, इन्द्रावती र चिलिमे गरी २६७.५ मेगावाट, सन २००४–२०१० सम्म मध्य मस्र्यांदी र निजी क्षेत्रका अन्य गरी ९५ मेगावटले गर्दा जम्मा उत्पादन सन २०१० मा ६०८.४ मेगावाट पुगेको छ ।

नेपालका मूख्य नदीहरु कोशी, गण्डकी, कर्णाली, महाकाली हुन् । यी नदीहरुको विभिन्न दातृ संस्थाका सहयोगबाट सर्वेभेक्षण भईसकेको पनि धेरै भईसकेको छ । नेपालबाट बगेर जाने नदीले भारतलाई बाढीको कारणले धेरै दुःख दिएको पनि छ । साथै भारतलाई नहरहरुका लागि पानी चाहिएको पनि छ । यसका साथै उसलाई सस्तो विद्युत पनि चाहिएको छ । तर नेपालले आफ्नो बार्गेनिङ क्यापासिटी र विस्तृत अध्ययन गरी यस्ता सन्धी सम्झौता गर्दा उचित फाइदा लिन सकेको छैन । विद्युत उत्पादन र विक्र वितरण कमर्शियल टिममा गर्नु पर्छ । राजनीतिक जोड घटाउ गर्नु हुुदैन ।

अधिकतम लाभ उठाएर जलश्रोत विकास गर्न भारतसँग निरन्तर वार्ता तथा सम्वाद गर्ने व्यवस्था गर्नु पर्छ । नेपालको विकास ठूलो योगदान पु¥याउन सक्ने जलश्रोत, कृषि, पर्यटन, मानव संसाधन आदिको बृहत्त विकासमा जोड दिनु पर्छ । वि.स. २००७ सालदेखि विकासको काम गर्न शुरु भएता पनि राजनीतिक अस्थिरता र खिचातानीले गर्दा देशमा धेरै विकास हुन सकेन । अब तुरुन्त आर्थिक विकासमा जोड दिनु पर्छ । सबैलाई मिहेनत गरेर कमाउने तर्पm अग्रसर गराउनु पर्छ । छलछाम र ढाँटढुटबाट कमाउने प्रबृतिलाई निरुत्साहित गर्न हामी सबै एक जुट हुनै पर्छ । साथै पार्टीहरुले देशको आर्थिक विकासको खाका बनाएर एक जुट भएर अगाडि बढ्नु पर्छ ।

साभार  जीवन एक खोज
सूर्यनाथ बास्तोलोको आत्म कथाबाट


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट