हिमाली भेगमा अमेरिकी चलखेल

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

अनिल शर्मा

नेपालका हिमाली जिल्लाहरुमा अमेरिकी गुप्तचर संस्थाहरुको चलखेल निकै बढेको छ । यसको केन्द्रमा तिब्बति शरणार्थीहरु तथा तिब्बतमा प्रायोजित पृथकतावादी आन्दोन रहेको छ । २०३१ सालको खम्पा विद्रोह ‘सिआइए र रअ’ को योजनामा भएको थियो । खम्पा विद्रोहमा नेपाली भुमी प्रयोग गरिएको भनेर मुस्ताङ जिल्ला बढी चर्चा भएपनि रसुवा जिल्ला समेत प्रयोग भएको थियो । रसुवाको चिलिमे गाविस स्थित थाम्बुचेको समथर मैदानमा हेलिकप्टर अवतरण स्थल बनाईयो । जुन क्षेत्रमा हाल चिलिमे जलविद्युतको पोखरी छ । जहाँ नेपाल तिब्बत सीमानाको गाविस टिम्बुरेपारी तिब्बतको खम्पाटार बजार हुदै रसुवा प्रवेश गरेका तिब्बतीहरुका लागि थाम्बुचेमा अमेरिकी विमानहरुले अत्याधुनिक हतियार खसालेका थिए । खम्पा विद्रोहको दमनसँगै रसुवाको भूमिबाट भएका पृथकतावादी विद्रोहहरु त्यसबेला नेपालले शमन गरेको थियो ।
खम्पा विद्रोह दलाई लामा र उसका सामन्ती विचारधारामा आधारित तथा अमेरिकी भारतीय विखण्डनकारी षड्यन्त्रको उपज थियो जुन लक्ष्य पुरा नहुन्जेल कुनै न कुनै रुपमा जारी रहने देखिन्छ । खम्पा विद्रोह शमन भएपछि पनि तत्कालीन् नेपाल सरकारले तिब्बती पृथकतावादको आधारशिविर मानिने तिब्बती शरणार्थीहरुलाई चीन सरकारसमक्ष सुपर्दगी गर्न सकेन । अमेरिका र भारतको दबाबमा उनीहरुलाई नेपालका विभिन्न स्थानमा बसोबास गराईयो । काठमाडौंका बौद्धका नेपाली जनताको भूमि अधिग्रगहण गरेर बसोबास गराईयो । रसुवाको चिलिमे, स्याप्रुबेसी, धुन्चेलगायतका स्थानमा उनीहरुको ठूलो संख्या रहेको छ । तिनै शरणार्थीहरुलाई आधार बनाएर अहिले रसुवामा अमेरिकी चलखेल बढिरहेको छ ।

खम्पाविद्रोहको केही समयपछि अमेरिकी प्रायोजनमा नेपालमा ‘एड्रा नेपाल’ नामको गैर सरकारी संस्था खोलियो । त्यसले तिब्बत नेपालको प्रम्रख नाका खाशा मार्गको बनेपा (काभ्रे) र केरुङ नाकाको कालिका स्थान (रसुवा) मा विशाल भवन, अत्याधुनिक सञ्चार तथा प्रविधिसहितको कार्यालय स्थापना गरेर तिब्बतका विरुद्ध निगरानी शुरु गरिएको थियो । जनयुद्धका समयमा तत्कालिन् माआवादीले रसुवा, कालिका स्थानस्थित ‘एड्रा नेपाल’ को कार्यालयमा बम विस्फोट गराई ध्वस्त बनाएका कारण रसुवाबाट सो गैर सरकारी संस्था पलायन भएको थियो । २०६३ को शान्ति प्रकृयापछि फेरि अमेरिकी स्वयम् सेवकहरुको चिलिमेको थाम्बुचेमा स्वास्थ्य संस्था चलाउने प्रयत्न गरेका थिए । जनयुद्ध शुरु भईसकेपछि माओवादी पार्टीले अमेरिकी नागरिकहरुलाई भ्रमण बाहेक अन्य काममा जिल्ला प्रवेश गर्न रोक लगाएपछि उनीहरुको गतिविधि बढ्न सकेन । रसुवाबाट जनयुद्धकालमै विस्थापित भए पनि काभ्रेको बनेपामा रहेको ‘एड्रा नेपाल’ नामक गैर सरकारी संस्थाले नै चीनका विरुद्ध भएका सबै गतिविधिहरुको संयोजन गरिहेको बताईन्छ । ‘हिमालयन फाउण्डेशन’ नामक नयाँ गैर सरकारी संस्थाले यही कार्य गरिरहेको छ । कुनै बेला ‘पिसकोर’ स्वयम् सेवकहरु त्यही कार्य गर्थे ।

हाल रसुवामा अमेरिकी संस्थाहरुको चलखेल बढीरहेको छ । रसुवाको टिम्बुरे गाविस (सीमा जोडिएको) मा हरेक घरको आर्थिक, स्वास्थ्य र शिक्षाको स्तर उठाउने नाममा ब्यापक लगानी बढाईएको छ । सो लगानीसँग सीमास्थित टिम्बुरे गाविसका प्रत्येक घरका भित्तामा ‘स्वतन्त्र तिब्बत’ का नाराहरु लेखिएका छन् । कृश्चियन धर्म प्रचारक भनेर चिनिने सो समूहको बाक्लो उपस्थितिसँगै हरेक घरमा दलाई लामाको फोटो, नारा र झण्डा टांगिएका छन् । पहिलो पटक जाने हरेक जाने हरेकलाई लाग्छ त्यो भेग नेपाल नभएर दिल्लीको धर्मशाला हो । त्यहाँ दलाई लामाको शिविर छ । अहिले सीमा क्षेत्रमा माओवादी पार्टीका नाराहरु मेटिएका छन् र ‘फ्रि तिब्बत’ का नाराहरु लेखिन थालेका छन् । यता रसुवाकै कालिका स्थानमा सञ्चालित सामुदायिक अस्पतालमा एक अमेरिकी संस्थाले लगानी गरेको छ । त्यसको संयोजन ‘स्कट’ नामक एक अमेरिकी नागरिकले गरिरहेका छन् ।

नेपाली नागरिकसँग विवाह गरेर लामो समय नेपाल बसेका उनको कार्यकाल अमेरिकी दुतावास लाजिम्पाट नजिकै रहेको छ । त्यहाँ अहिले पनि अमेरिकी र बेलायती गरी १८÷२० कर्मचारी कार्यरत छन् । तिनै स्कट नामक ब्यक्तिले रसुवाको थाम्बुचे र स्याप्रुबेसीमा स्वास्थ्य संस्था खोलेर उपचारको बहानामा तिब्बती शरणार्थीहरुलाई चीनविरुद्ध भट्काईरहेका छन् । लामटांग हिमालमा शंकास्पद एन्टेनाहरु जडान भएको चर्चा पनि त्यस क्षेत्रमा भईरहेको छ । यसरी २०५८ साल मंसिर १४ गते माओवादीको कारबाहीमा परेपछि स्थगित भएको चीन विरोधी गतिविधिले रसुवामा फेरि गति लिन थालेको छ ।

चैत्र ८ मा टिम्बुरेमा ‘शैक्षिक, सामिाजिक सुधार संस्था’ का नाममा अमेरिकी धर्म प्रचारकहरुले आयोजना गरेको आँखा शिविर सीमास्थित रसुवा गढीको नजिकै राखिएको थियो । सो आँखा शिविरबाट चीनको सीमा जाँच चौकी ५ सय मिटरभन्दा कम दुरीमा रहेको थियो । आँखा शिविरका नाममा अमेरिकी नागरिकहरुले तिब्बती सीमाका सामरिक क्षेत्रहरुको फोटो खिचिरहेका थिए । त्यसको सूचना पाएको चीनियाँ सेनाले आँखा शिविर सञ्चालन भएको अर्को दिन वर्दी सहित नेपाल पसेर अमेरिकी नागरिकहरुलाई कुटपिट गर्दै क्यामेराका फोटाहरु नष्ट गरेका छन् । यसरी अमेरिकी गुप्तचरको पृथकतावादी हर्ककतका कारण नेपालको सार्वभौमिता नै खतरमा परेको छ ।

नेपालका सबैजसो हिमाली जिल्लामा रसुवामा जस्तै शंकास्पद गतिविधिहरु भईरहेका बेला विभिन्न वहानामा अमेरिका, भारत, जर्मनी र फ्रान्सका राजदुतहरु हिमाल पारिका जिल्ला मुस्ताङको भ्रमणमा छन् । चैत्र १८ गते मुस्ताङे राजा जिग्मेप्रबल विष्टलाई भेट्ने वहानामा उनका भतिजालाई भेट्न लोमान्थाङ पुगेका अमेरिकी राजदुत पावेल चैत्र २० गते अनुमतिबिना प्रवेश निषेधित क्षेत्र धामी, लोमान्थाङ, होसे, हुनुपहुदै फर्किएको र सो क्रममा दलाई लामाका प्रतिनिधिहरुलाई भेटेको बताईएको छ । राजदुत पावेलले ठूलो मात्रामा हतियार लिएर गएको चर्चा समेत छ । चैत्र १८ गते नै भारतीय लेफ्टिनेन्ट कर्णेल एम एस चौहानको नेतृत्वमा १७ सदस्यीय भारतीय सेनाको एक टोली मुस्ताङस्थित नीलगिरी हिमाल आरोहण गर्न गएको र त्यही आरोहण दलको विदाई गर्न भारतीय राजदुत राकेश सुद जोमसोम गएको बताइएपनि भारतीय सेना तिब्बती पृथकतावादको योजना निर्माणका लागि हिमाल आरोहणको वहानामा त्यस क्षेत्रमा प्रवेश गरेको र राजदुत त्यसकै नेतृत्व गरेर विदाईको वहानामा त्यहाँ पुगेको बताईन्छ जुन नीलगिरी हिमालय श्रंखलालाई खम्पा विद्रोहीहरुले आधार शिविर बनाएका थिए ।

भारत र अमेरिकाका राजदुतहरुको मुस्ताङ भ्रमणकै अवसरमा चीन विरोधी अमेरिकी सहयोगी मानिने फ्रान्स र जर्मनीका राजदुतहरु समेत गोप्य रुपमा मुस्ताङ पुगेका छन् । अमेरिकी राजदुत न्यान्सीजे पावेल लगायतका विदेशीहरु अनुमतिबिना नै भ्रमण गर्दा पनि नेपाल सरकार भने ‘लाटोले केरा हेरे भैंm’ आकाशतिर हेरिरहेको छ । उता हालै भारतीय राजदुत राकेश सुद्ले नेपालगञ्जमा सरकारी कर्मचारीलाई जम्मा गराएर नेपाल सरकारका मन्त्रीहरुले भैंm अधिकार र कर्तव्यको विषयमा निर्देशन दिएका छन् । लाग्छ उनी भारतका कुनै प्रान्तीय सरकारका कर्मचारीहरुलाई भेटिरहेका छन् । १० दिन लामो निजी भ्रमणका नाममा पूर्व मुस्ताङे राजा भेट्न पावेल मुस्ताङ गएका बेला पूर्व मुस्ताङे राजा विष्ट भने काठमाडौं रहेका थिए ।

काठमाडौं बाहिर जाँदा हरेक देशका राजदुतले नेपाल सरकारसँग अनुमति लिनु पर्ने हुन्छ । तर चारै जना राजदुतले अनुमति नलिई भ्रमण गर्ने गैर कानुनी हेपाहा कार्य गरेका छन् । २०३१ सालमा पुञ्चेन लामाले प्रयोग गरेको बाटोमै अहिले पनि साम्राज्यवादीहरुको चलखेल बढेर गएको छ । उता हिमाली स्वायत्त प्रदेशका नाममा विखण्डनकारी गतिविधिहरु भईरहेका छन् । यसका पछाडि हिमाली र पहाडी क्षेत्रमा कम्युनिष्टहरुको प्रभावलाई मत्थर पार्ने र जनएकता कमजोर बनाउने साम्राज्यवादीहरुको रणनीति देखिन्छ । जसले तिब्बतको पृथकतावादी गतिविधिलाई सहयोग गरिरहेको छ । यसरी हिमाली क्षेत्रहरुमा अमेरिका र उसका साझेदार देशहरुबाट भईरहेका विखण्डनकारी गतिविधिका कारण नेपालको सार्वभौमिक अखण्डता थप संकटमा परेको छ र नेपाल चीन सम्बन्धमा गम्भिर संकटहरु थपिन सक्ने आशंका गहिरिदै गईरहेको छ ।

२०६५ चैत्र ३०
कालिका स्थान, रसुवा
(राष्ट्रियता र राप्तीदुन)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट