ब्रुनाईमा कार्यरत नेपालीहरुको भेटघाट कार्यक्रम

प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

नेपालबाट ब्रुनाई गई लामो समयसम्म ब्रुनाईको रोयल प्यालेस मा काम गरी अवकाश प्राप्त गरी छुट्टिएका नेपालीहरुका लागि भेटघाट तथा पुर्नः मिलन कार्यक्रम आयोजना गरिएको छ । राजधानीको जाउलाखेल स्थित थाईघर रेष्टुरेण्टमा यही भाद्र २९ गते बिहिबार तदानुसार सेप्टेम्बर १४ तारिख दिउँसो २ बजे उक्त भेटघाट कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजक टोलीका सदस्य प्रकाश राईले बताए ।
कार्यक्रम संयोजक सागर थापाका अनुसार उक्त भेटघाट कार्यक्रमका माध्यमबाट लामो समय टाढिएका कर्मचारी मित्रहरु एक आपसमा भेटिदा सबैलाई रमाईलो र लाभदायक हुने बताए । संयोजक थापाले रोयल प्यालेस का अवकाश प्राप्त सबै कर्मचारीलाई उपस्थितिका लागि हार्दिक अनुरोध पनि गरेका छन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट