कोरिया रहने नेपालीलाई खुशीको खबर ! नेपालबाटै मनोसामाजिक परामर्श कोरियामाकार्यरत नेपालीलाई हेर्ने जिम्मा पाटन अस्पताललाई

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

काठमाडौं, कोरियामाकार्यरत नेपालीहरुलाई नेपालबाटै स्वास्थ्यतथामनोसामाजिक परामर्श दिइने भएको छ । कोरियामाकार्यरत धेरै नेपालीहरुमा स्वास्थ्य समस्या देखिएपछि सरकारले नेपालबाटै टेलीमेडिसन मार्फत स्वास्थ्य परामर्श दिने तयारी गरेको हो ।श्रम तथा रोजगार मन्त्रालयअन्तरगतको इपीएस कोरिया शाखाले कोरियामाकार्यरत नेपालीलाई सहयोग पुग्ने गरी स्वास्थ्य परामर्शकालागिअध्ययनथालेको छ ।
पछिल्लो समयमाकोरियामा नेपालीकामदार डिप्रेसनमाजाने समस्या बढेको छ । त्यसैकारण कोरियामाकार्यरत नेपालीको आत्महत्या दर पनि बढेको छ । समितिले यसबारे कोरिया जानुअघि मेडिकल परीक्षण गर्ने चारवटा अस्पतालहरुसँग छलफल गरेको छ । यस्तो सेवा सुरु गर्न टेकु, पाटन, नेपालकोरियामैत्री र निजामती अस्पताल सहमतभएका छन् ।कुन विधिबाट कसरी त्यहाँका नेपालीलाई स्वास्थ्य परामर्श दिने भन्ने विषयमाअध्ययनगर्न इपीएस शाखाले पाटन अस्पताललाई जिम्मादिएको छ ।
पछिल्लो समयमाकोरियामा नेपालीहरुमाशारीरिक तथामानसिक स्वास्थ्य समस्या बढिरहेको छ । केही समयअघि नेपालीदूतावासले गरेको स्वास्थ्य परीक्षण शिविरमापाँचसयभन्दा बढी नेपाली सहभागीभएकाथिए । कोरियाका डाक्टरहरुसँग स्वास्थ्य परीक्षण गराउन नेपालीकामदारलाई प्रमुख रुपमाभाषाको समस्या पर्ने गरेको छ । आफ्नो समस्याभाषाकै कारण व्यक्तगर्न असजिलो हुँदा स्वास्थ्य समस्यामा समाधानहुने भन्द बढ्ने क्रममा रहेको शाखाले जनाएको छ । कोरियामा नेपालीकामदार डिप्रेसनमाजाने समस्या बढेको कारण कोरियामाकार्यरत नेपालीको आत्महत्या दर पनि बढेको छ ।
‘कोरियामा अस्पतालमा पुग्दापनि नेपालीकामदारको खास स्वास्थ्य समयमापहिचाननभएको पाइएको छ । यो मूललतःभाषाकै समस्याकाकारण हो,’ इपीएस कोरिया शाखाकानिर्देशक डिल्लीरामबास्तोलाले भने,’त्यसैले हामीले यहीँबाट अनलाइनवा टेलिमेडिसिन प्रविधिको प्रयोग गरेर नेपालीको समस्या समाधानकालागिप्रयत्नगर्न लागेकाहौं ।’ यसकालागिहप्तामा केहीदिनहरु तोकेर नेपालका डाक्टरहरुसँग नै कामदारको कुरा गराउने र समस्या सुन्ने व्यवस्थागरिनेछ । यसपछि कामदारको अवस्थाअनुसार समस्याबारे डाक्टरले सुझावदिने र कोरियाका डाक्टरसँग परामर्श गराउने वातावरण बनाउने योजना छ ।
पाटन अस्पतालले यो परामर्शको योजना कसरी सफलबनाउने र यसकालागि के(कस्तो पूर्वाधार चाहन्छि भन्नेबारे अध्ययनगर्नेछ । सबै तयारी सकिएपछि शाखाले दिनअनुसार विशेषज्ञ डाक्टरको क्यालेन्डर तयार गरेर सार्वजनिकगर्नेछ । त्यसैअनुरुपकामदारले आफ्नो समस्याप्रत्यक्ष रुपमा डाक्टरसँग राख्नपाउनेछन । उसले दिने प्रतिवेदनकै आधारमा सरकारले कोरियका नेपालीकालागि पराशर्म डेस्क खोल्नेछ । जसमा नेपाली डाक्टरहरु रहनेछन् र कामदारलाई परामर्श दिनेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट