इलेक्ट्रोनिक बच्चा

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

अमेरिकामा कतिपय नवविवाहित दम्पतीलाई अभिभावकको जिम्मेवारी महशुस गराउन बच्चा जन्मनु अघि प्रशिक्षणका रुपमा एक इलेक्ट्रोनिक बच्चा दिइन्छ । यसले साच्चिकै बच्चाले झै चिहाचिहा गरी रोएको, चिच्याएको, स्याहार सुसार मागेको अभिनय गर्छ । नवविवाहितहरु यो प्रशिक्षण लिन धेरै उत्सुक हुन्छन ।तर ४–५ दिनपछि बच्चा फर्काउनु पर्दा भने तिनीहरुलाई नरमाइलो लाग्छ । त्यो बच्चा अचानक रुने र चिच्याउने गर्दा साच्चिकै उसलाई भोक लागेको छ भन्ने भान गराउँछ । यदि ती दम्पतीले त्यो बच्चालाई बढी समयसम्म रुन छोडि दिएभने बच्चा झनझन चिच्याउन थाल्छ । उसलाईमाया गरी फुल्याउदा रुन छोड्छ । अमेरिकाको प्रायःजसो प्रान्तमाअभिभावक बन्ने प्रशिक्षण लिन चाहने नवदम्पतिका लागि इलेक्ट्रोनिक बच्चा आशाको केन्द्रबिन्दु भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट