कुन्ती–देविका अब एकै साथ प्रस्तुत हुदै

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौं । नेपाली गायन कला क्षेत्रका दुई हस्ती कुन्ती मोक्तान र देविका बन्दना एकैसाथ प्रस्तुत हुँदैछन् । ‘म्युजिकल नाइट विथ कुन्ती मोक्तान् एण्ड देविका बन्दना’ नाम दिइएको कार्यक्रममा यी दुई एउटै स्टेजमा प्रस्तुत हुन लागेका हुन् । भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लवमा २४ भदौमा दर्शकलाई मनोरञ्जन दिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
‘माथि माथि सैलुङ्गेमा’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘लाली गुराश अजम्बरी चम्पा चमेली’, जस्ता सदाबहार गीतमार्फत नेपाली गायनमा आफ्नो बेग्लै पहिचान बनाएकी गायिकाका हजारौं श्रोता तथा दर्शक छन् । त्यस्तै, देविका पनि नेपाली गायनमा फरक पहिरचान भएकी गायिका हुन् । उनका ‘यस्तै रहेछ यहाँको चलन’, ‘भरै आउँछु सपनीमा’, ‘एउटा परदेशी’, ‘अछा लेकिन लन्डनको चिसोले’ जस्ता दर्जनौ चर्चित गीतहरु छन् ।
नेपाली चलचित्र तथा आधुनिक गायनका यी सशक्त गायिकाद्वयलाई एकै स्टेजमा उभ्याउँने काम पार्टी फेस्ताले गरेको हो । पेस्ताक डेनिल र डेबिडले यी दुई गायिकालाई आफ्नो कार्यक्रममा ल्याउन पाउँदा खुसी लागेको बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट