राजेशपायलले गरे महावीरलाई सहयोग

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

काठमाडौ । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईको गीत संगीतबारे भनिरहनै पर्दैन किनकि, उनलाई त्यतिकै ‘मेगास्टार’ भनिएको होइन । एक सिसिमले भन्ने हो भने नेपाली सुगम संगीतमा उनको एकछत्र राज छ । तर, अर्को कुरा राजेश पायल गायनमा मात्र सिमित छैनन् । उनी समाजसेवाप्रति पनि उत्तिकै सक्रिय छन् ।
राजेशपायल राई फाउण्डेसन स्थापना गरेर गायनसँगै सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएका राजेशपायलले पछिल्लो पटक सामाजिक अभियन्ता डा. महावीर पुनलाई आर्थिक सहयोग गरेर समाजसेवीको उदाहरण पेश गरेका छन् । राजेशपायलले डा. महावीरको राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाई ५० हजार सहयोग गरेका छन् । गत मंगलबार गायक राजेशपायलले नक्शालस्थित राजेशपायल राई फाउण्डेशनकै कार्यलयमा डा. महावीरलाई रकम हस्तान्तरण गरेकाथिए ।
विज्ञान र प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्य सहित महावीर यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसारभर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा छन् । रकम हस्तान्तरणपछि डा. महावीरले भने, ‘गायक राजेशपायल राईले राष्ट्रिय आविस्कार केन्द्रका लागि महादान दिनुभयो । अब कलाकारहरु राखेर राष्ट्रिय आविस्कार केन्द्रका लागि केही कार्यक्रमहरु गर्ने सोच छ ।’ मेगासेसे पुरस्कार विजेता समेत रहेका महावीरले धेरैपटक सरकारी ढोका ढकढकाउन पुगेको भएपनि खासै वास्ता नभएको गुनासो पोखे ।
राजेशपायलले सरकारले गर्नुपर्ने काम डा. महावीर पुनले एक्लै गरिरहेकाले सहयोग गरेको बताए । उनले भने, ‘उहा“को काम देखेर मेरो मन थामि रहन सकेन । मेरो तर्फबाट सहयोग गरेको छु,। दाई डा. महावीर पुनको यो सपनालाई पूरा गर्न हामीहरु कन्र्सटले होस्, गीतसंगीतले होस्, या त अन्य जनमानसमा गर्नुपर्ने सहयोगहरु आउने प्रतिवद्धता गर्दछु ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट