बेलौरी छोटी भन्सार कार्यालय सहयोगीका भरमा

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

भीमदत्तनगर, १३ असोज । विगत एक वर्षभन्दा बढी समयदेखि कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीका भरमा चलेको छ । मासिक रु ६० देखि ७० हजार राजस्व सङ्कलन हुने गरेको उक्त छोटी भन्सार हाल कार्यालय सहयोगी पदमबहादुर थापाले सञ्चालन गरिरहेका छन् ।

“एक महिनामा दुई जना कार्यालय सहयोगीबाट १५÷१५ दिन भन्सार चलाउँछौँ ,मैले हाकिम नपाएको एक वर्षभन्दा बढी भइसक्यो ।” कार्यालय सहयोगी थापाले भने ।

जिल्लाको प्रमुख भन्सार कार्यालय गड्डाचौकीले पनि छोटी भन्सार व्यवस्थापन र कर्मचारी खटाउन ध्यान नदिएको बेलौरीका एक व्यवसायीले गुनासो पोखे । भारतीय खजुरिया नाकासित जोडिएको बेलौरी छोटी भन्सार द्वन्द्वकालपछि गति लिन सकिरहेको छैन ।

बेलौरी क्षेत्रका उद्योगी, व्यवसायी र व्यापारीले उक्त नाकालाई बृहत् रुपमा सुचारु गर्न माग गरे पनि भन्सारको अवस्था भने नाजुक देखिएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट