च्यासल ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा खुमलटार युथ क्लबलाई ३–० ले पराजित गर्दै च्यासल शीर्ष स्थानमा उक्लिएको हो ।

सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा च्यासलको लागि राजेन्द्र देउला, बिनोद केसी र दीपेन्द्र घिसिङले समान १–१ गोल गरे । जितसँगै च्यासलले लिगमा ११ खेलबाट २२ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै हलचोकमा भएको अर्को खेलमा भक्त मगरले ह्याट्रिक गरेपछि टुसाल युवा क्लबले सामाजिक युवा क्लबलाई ४–० ले पराजित गरेको छ । टुसालको जितमा भक्त मगरले ह्याट्रिक गर्दा सुजित गुरुङले १ गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्पेल्क्समा भएको खेलमा श्री कुमारीलाई १–० ले पराजित गर्दै न्युरोड टिम(एनआरटी) लिगको दोस्रो स्थानमा उक्लिएको छ । एनआरटीको जितमा १ मात्र गोल प्रदीप गुरुङले गरे । जितसँगै एनआरटीले ११ खेलबाट २२ अंक जोडेको छ । शीर्षस्थानको च्यासलसँग गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ ।

श्रीकुमारी र एनआरटिबीचको खेलमा केही विवाद उत्पन्न हुँदा रेफ्रीमाथि आक्रमणसमेत भएका थिए । (सौस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट