कमल र संरक्षक फाइनलमा

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार कमल भण्डारी र संरक्षकभूषण वज्राचार्य फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा कमल भण्डारीले नवीन पुनलाई ६–१ र ६–२ तथा संरक्षकले सन्तोष खत्रीलाई ६–०, ६–७ र ६–४ को सेटमा पराजित गरे । सो स्पर्धाको महिलामा मायांका राणा र इरा रावत उपाधिका लागि भिड्नेछन् ।

ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्सको उपाधि श्रीराम मगर र कमल भण्डारीको जोडीले जिते । फाइनलमा उक्त जोडीले संरक्षकभूषण वज्राचार्य र महेश श्रेष्ठको जोडीलाई ६–३ र ७–५ को सोझो सेटमा पराजित गरे ।

यसअघि महिला डबल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडी पहिलो भएका थिए । प्रतियोगिताको अन्तिम दिन पुरुष÷महिला सिंगल्सको फाइनल हुनेछ । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट