पिएसजीका डिफेन्डर सर्जलाई जेल सजाय

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

पेरिस । फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का डिफेन्डर सर्ज औयुरले २ महिनाको जेल सजाय पाएका छन् । फ्रान्सका प्रहरी अधिकारीलाई हातपात गरेको कारण औयुरले २ महिनाको जेल सजाय पाएका हुन् ।

आइभरीकोस्टका औयुरले गत मे ३० मा पेरिसको एउटा नाइट क्लबबाट बाहिरिँदै गर्दा प्रहरी अधिकारीलाई हातपात गरेका थिए । प्रहरी अधिकारीलाई हातपात गरेको पुष्टी भएपछि अदालतले औयुरलाई २ महिनाको जेल सजाय सुनाइएको हो ।

त्यस्तै उनलाई ६ सय ७४ डलर जरिवाना पनि सुनाइएको छ । औयुर यसअघि पनि प्रशिक्षकको आलोचना गरेपछि प्रतिबन्धमा परेका थिए । अदालतले जेल सजाय सुनाएपछि २३ वर्षका औयुरले भने माफी दिन अदालतमा अपिल गरेका छन् । (एजेन्सी)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट