राष्ट्रिय फुटसल लिग ः इम्पेरियल र सामाखुसीको जित

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १२ असोज । सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिगमा इम्पेरियल फुटसल र सामाखुसी फुटसलले विजय हासिल गरेका छन् । रजनी फुटसल भैँसेपाटीमा भएको खेलमा एम्पेरियलले होम टिम रजनीलाई ४–२ गोल अन्तरले पराजित ग¥यो । अवे मैदानमा इम्पेरियललाई जिताउन निराजन गैरेले ह्याटिक पूरा गरे ।

गैरेले खेलको ११औँ, ३५औँ र ३८औँ मिनेटमा गोल गरे । इम्पेरियलका किसन अधिकारीले १२औँ मिनेटमा गोल गरेका थिए । रजनी फुटसलका रुसन केसी र सुमन कार्कीले १÷१ गोल गरेका थिए । इम्पेरियललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोलकिपर रमेशबाबु बस्नेत म्यान अफ द म्याच घोषित भए ।

ललितपुरको हरिसिद्धिमा अवस्थित हरिसिद्धि फुटसलमा भएको अर्को खेलमा सामाखुसी फुटसलले होम टिम हरिसिद्धिलाई ७–३ गोल अन्तरले पराजित ग¥यो । एकतर्फी खेलमा सामाखुसीका सन्तोष तामाङले ह्याट्रिक गरे भने नविन लामाले २ र सन्दीप थापा तथा सुजन महर्जनले १÷१ गोल गरे । सन्तोष तामाङले खेलको ३ मिनेटमै गोल गर्दै अग्रता दिलाएको खेलमा ५ र १७ मिनेटमा नविन लामाले गोल गरे भने सन्तोषले ८ र ३४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

खेलको म्यान अफ द म्याच सामाखुसी फुटसलका नविन लामा घोषित भए । होम एन्ड अवेको आधारमा मंसिर २८ गतेसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट