महुली लघुवित्तको साधारण सेयर निष्काशन सम्झौता

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गर्नका लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यका लागि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्याम कान्त चौधरी तथा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सँचालक विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थाले मिति ०७० जेठ ३० गतेबाट कारोबार सञ्चालन गर्दै आएको छ । हाल सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ, भोजपुर, ओखलढुंगा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लाको कार्यक्षेत्रमा २८ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

यस लघुवित्त वित्तीय संस्थाको कर्जातर्फ ९६ करोड ४३ लाख रुपैयाँ लगानी छ भने सदस्यहरूको बचत ४९ करोड ४१ लाख रुपैयाँ रहेको छ भने यसका सेवाग्राही सदस्य ५४ हजार रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट