सनराइज बैंकको नवौँ वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । सन्राइज बैंक लिमिटेडले नेपाल बाल संगठनमा रहेका १ सय ४० जना बालबालिकाहरूलाई न्यानो कपडाका साथै खाद्य सामग्रीहरू वितरण गरी नवौँ वार्षिकोत्सव मनाएको छ ।

बाल संगठनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक ई.बच्छराज तातेड, सञ्चालक ज्योतिकुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य एवं कर्मचारीहरूले ती सामग्रीहरूको वितरण गरेका थिए ।

कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरूलाई विविध सामग्रीहरू वितरण गर्दै आइरहेकामा नवौं वार्षिकोत्सवमासमेत यसलाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

यसै क्रममा नेपाल बाल संगठनका कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठले सन्राइज बैंकले हरेक वर्ष पु¥याउँदै आएको सहयोगलाई भविष्यमा पनि जारी राख्न अनुरोध गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट