यामाहाको ‘टेक्नो ट्रिप टु टोकियो’का विजेता घोषित

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैँ अफर ‘टेक्नो ट्रिप टु टोकियो’का थप ३ जना साप्ताहिक विजेताको नाम घोषणा गरेको छ ।

यो योजनामा बिर्तामोडका अरुण फुयाल चौथो विजेता घोषित भएका हुन् । उनले बिर्तामोडस्थित सयपत्री ट्रेडलिंकबाट सुपरमोडल स्कुटर फेसिनो खरिद गरेका थिए ।

यामाहाको दसैं स्किमका पहिलो विजेता ललितपुरका पुकार शर्मा हुन् । उनले रिसिक अटोमोबाइल्सबाट एफजेड–एस एफआई खरिद गरेका थिए । उनीपछि भक्तपुरका रवि भोमी र पर्साका आशिष भुजेल क्रमशः दोस्रो र तेस्रो साताका विजेता घोषित भए । भोमीले द ह्विल्सबाट फेसिनो र भुजेलले पर्साबाट रे जी खरिद गरेका थिए ।

एमएडब्लुले दसैँको सुखद अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको हो जसअन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले ८ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता १ जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
‘टेक्नो ट्रिप टु टोकियो’का साप्ताहिक विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउनेछन् ।

एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजीलगायत २ पांग्रे उपलब्ध छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट