ज्वेलरी महोत्सवको आयोजना हुने

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

ललितपुर । नेपालीहरूको महानपर्व वडा दसैँ तथा तिहारलाई लक्षितगरी गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीले ‘दसैँ–तिहार महोत्सव’ को आयोजना गर्ने भएको छ ।

diamond-jewellery-mela

 

 

पर्वका अवसरमा नयाँ डिजाइनका गरगहनाहरू एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको गोल्डेन डायमन्ड एन्ड ज्वेलरी कम्पनीका अध्यक्ष ज्ञानुराज शाक्यले बताए । महोत्सव ललितपुरको मंगलबजारमा यही असोज १३ देखि कात्तिक १४ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको अवसरमा सुन तथा हिराका गरगहना खरिदगर्ने ग्राहकलाई छुट तथा गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष शाक्यले बताए । उनका अनुसार महोत्सवमा ५ देखि ३० प्रतिशतसम्म नगद छुटका साथै प्रत्येक ग्राहकलाई गिफ्ट ह्याम्पर र अन्तिममा १ जनालाई लक्की ड्रमार्फत विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ । यस कम्पनीले बिक्री गर्ने डायमन्डका सामाग्रीहरू विभिन्न मुलुकबाट सिधै खरिद गरेर ल्याइने हुनाले उच्च गुणस्तरीय हुने अध्यक्ष शाक्यले बताए ।

सो कम्पनीबाट बिक्री हुने सबै गरगहनाको ग्यारेन्टी कार्यसमेत उपलब्ध गराइने, सबै गरगहना हलमार्क अनुसार हुने र ग्राहकले चाहेमा जहिलेसुकै पनि त्यसलाई उचित मूल्यमा फिर्तासमेत गर्न सक्नेछन् । ग्यारेन्टी कार्ड अनुसार गरगहना टुटफुट भएका विनाशुल्क मर्मत गरिने नीति पनि कम्पनीले लिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट