टाँडीमा एलजीको नयाँ सोरुम

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । एलजी ब्रान्डले चितवनको टाँडीमा बाडे रेडियो टिभी सेन्टर नामक नयाँ सोरुम खोलेको छ ।

एलजी ब्रान्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको बताएको छ । यो नयाँ सोरुमले ग्राहकहरूलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरूको बारेमा पनि जानकारी गराउनेछ ।त्यसैगरी ग्राहकहरूलाई एलजीका सामग्री थप खरिद गर्नको लागि थुप्रै योजनाहरू पनि बजारमा ल्याएको छ ।

कुनै पनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरूले विशेष छुटका साथै आकर्षक उपहारपनि प्राप्त गर्न सक्नेछन् र उद्घाटन दिनदेखि दैनिकरूपमा १५ दिनसम्मलक्की ड्रमा भाग लिन सक्नेछन् । यस कम्पनीले भविष्यमा देशको अन्य भागहरूमा पनि आफ्नो सोरुमहरू बिस्तार गर्दै जाने बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट