डेरी प्रदर्शनी सुरु

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं । उपराष्ट्रपती नन्दबहादुर पुनले राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी भई नेपाल डेरी एसोसिएशनले तयार पारेको पुस्तकको लोकार्पण तथा एसोसियसनको आयोजनामा भएको डेरी उत्पादन, बैंक इन्सुरेन्स र उपकरणकहरू प्रदर्शनीको समुद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले दुग्ध क्षेत्रको विकासले नै देशको विकासमा सहयोग पुग्ने र यसको लागि सरकार सधैँ साथमा रहनुपर्ने बताए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्षले कार्यक्रमलाई संवोधन गर्दै नेपाल डेरी एसोसिएसनको काममा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सबैको सहयोग अपेक्षित रहेको जानकारी दिए । प्र्र्रदर्शनीमा विभिन्न क्षेत्रका करिब ३० वटा राखिएका थिए । नेपाल डेरी एसोसिएसन र दुग्ध क्षेत्रसम्बन्धी पूर्ण जानकारीका दिनको लागि प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एफएनसिसिआइका बरिष्ठ उपाध्यक्ष भवानी राणा, त्यसैगरी पशुपंक्षी विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराईको पनि उपस्थिति थियो । सोही समारोहमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने बितिसा बुढाथोकी, डोमा तामाङ, सदीक्षा मैनाली, सदीक्षा केसी र जस्मिन अर्याललाई सिल्ड, प्रमाणपत्र, नगद तथा मेडल वितरण गरिएको थियो ।

साथै कार्यक्रममा डेरी क्षेत्रमा आजीवन लाग्नु हुने र नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्षहरू हेरम्ब राजभण्डारी, विश्वराम खड्का, राजेन्द्र गोपाल श्रेष्ठ, रामकुमार खड्का र मेघराज भण्डारी तथा शुभचिन्तकहरूलाई सम्मान गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट