बी डिभिजन लिग फुटबलमा महावीरको पहिलो जित

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा रेलिगेसनबाट बच्न सघंर्षरत महावीर क्लबले जारी लिगमा पहिलो जित आत्मसात गरेको छ ।

सोमबार भएको खेलमा नयाँ बस्ती युथ क्लबलाई पराजित गर्दै महावीरले रेलिगेसनमा पर्ने सम्भावनालाई गणितीय आधारतर्फ धकेलेको छ ।
सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा महावीरले नयाँबस्तीलाई ३–२ ले पराजित ग¥यो ।

महावीरको जितमा विकास गुरुङ, उमेश थापा र सरोज थापाले १–१ गोल गरे । नयाँ बस्तीको विकास राई र रमेश तामाङले १–१ गोल फर्काएका थिए । जितसँगै रेलिगेसन जोनमा रहेको महावीरले ४ अंक जोडेको छ । महावीरले ११ खेलबाट मात्र ४ अंक जोडेको हो । नयाँ बस्ती १३ अंकसहित लिगको आठौँ स्थानमा छ ।

यस्तै हलचोकमा सोमबार भएको पहिलो खेलमा सातदोवाटो युथ क्लबले जित हासिल गरेको छ । सातदोबाटोले मध्यपुर युथ एसोसियसनलाई २–१ ले पराजित गरेको हो । सातदोबाटोको जितमा सिन्ककुमार तामाङ र रिपु भुलानले १–१ गोल गरे ।

मध्यपुरका लागि साजन प्रधानले १ गोल फर्काए । जितसँंगै लिगमा १९ अंक जोडेको सातदोवाटो पाँचौँ स्थानमा उक्लिएको छ । मध्यपुरको लिगमा १० अंक छ । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट