पहिलो टेस्टमा भारतको फराकिलो जित

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

कानपुर । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले १ सय ९७ रनको फराकिलो जित हात पारेको छ ।

भारतको कानपुरमा भएको खेलमा भारतले ४ सय ३४ रनको चुनौती प्रस्तुत ग¥यो । जवाफमा न्युजिल्यान्डले २ सय ३६ रन मात्र बनाउन सकेपछि लज्जास्पद हार बेहोर्न बाध्य भयो । सोमबार अन्तिम दिन ४ विकेटको क्षतिमा ९३ रनबाट अगाडि खेलेको न्युजिल्यान्डका लागि लुक रोन्चीले ८० तथा मिचेल सान्तनरले ७१ रन जोडे ।

पहिलो इनिङमा ४० रन बनाउँदै ४ विकेट लिएका भारतका अलराउन्डर रविचन्द्रन आश्विनले दोस्रो इनिङमा ६ विकेट लिए । पहिलो इनिङमा अविजित ४२ रन बनाउँदै ५ विकेट लिएका म्यान अफ द म्याच रविन्द्र जडेजाले दोस्रो इनिङमा अविजित ५० रन जोड्दै १ विकेट लिए ।

यसअघि, खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ३ सय १८ रन बनाउँदै न्युजिल्यान्डलाई २ सय ६२ रनमै रोकेको थियो । दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३ सय ७७ रन बनाएर भारतले ४ सय ३४ रनको चुनौती दिँदै इनिङ समाप्तिको घोषणा गरेको हो ।

यो खेलमा कुनै पनि खेलाडीले शतक प्रहार गरेनन् । ३ खेलको टेस्ट शृंखलाको दोस्रो खेल असोज १४ गते शुक्रबारदेखि कोलकातामा हुनेछ ।  (एजेन्सी)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट