साम्बो टोलीको बिदाई

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । भियतनामको दानाङमा जारी पाँचौँ एसियाली विच गेम्समा सहभागी हुने नेपाली साम्बो टोलीलाई सोमबार बिदाई गरियो ।

युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे । सेप्टेम्बर २८ देखि अक्टोबर ३ तारिखसम्म हुने साम्बोको पुरुष ६२ केजीमुनि हिमप्रभ खत्री र कृष्णलाल तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको ६४ केजीमुनि अस्मिला छन्त्यालले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । टिम व्यवस्थापकमा नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष पुरुषोत्तम सिंखडा छन् । टोली मंगलबार दानाङ प्रस्थान गर्दैछ ।

थाइल्यान्डको फुकेटमा भएको चौथो संस्करणको उक्त गेम्समा नेपालले साम्बोमा कांस्य जितेको थियो । त्यसबेल भगवती माझीले नेपाललाई कांस्य दिलाएकी थिइन् ।  (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट