पोखरामा पौडीका दुई प्रतियोगिता

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ११ असोज । जिल्लाहरूमा पौडी खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल पौडी संघले पोखरामा पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । ८ वर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्दै आएको माछापुच्छ«े उमेर समूह पौडी प्रतियोगिताको सातौँ संस्करण १६ र १७ गते हुने भएको हो ।

संघका अध्यक्ष तथा नेपाल ओलोम्पिक कमिटीका सदस्य अशोक वज्राचार्यले कास्की जिल्ला पौडी संघ तथा जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा १६ वर्षभन्दा मुनि विभिन्न उमेर समूहका काठमाडौं र पोखराका गरी १ सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा फ्री स्टाइल, बेस्ट स्ट्रोक, ब्याकस्ट्रोक र वटर फ्लाइका इभेन्ट्सहरू सञ्चालन हुनेछन् ।

छात्रतर्फ १६ र छात्रातर्फ १६ गरी कुल ३२ इभेन्टमा ३२ स्वर्ण, ३२ रजत र ३२ कांस्य पदकका लागि प्रतियोगीहरू भिड्नेछन् । कास्की जिल्लाका १४ र १७ वर्षभन्दा मुनिका खेलाडीलाई प्रोत्साहन दिन छुट्टै इभेन्टस् सञ्चालन गरिने अध्यक्ष बज्राचार्यले बताए । जसमा २५ मिटर फ्रिस्टाइल र बेस्ट स्ट्रोकका ४ वटा इभेन्ट्स सञ्चालन हुनेछन् ।

पोखराको फेवातालमा २ वर्षदेखि स्थगित साढे २ किलोमिटरको खुल्ला पौडी प्रतियोगितालाई यसपटक पुनः निरन्तरता दिने अध्यक्ष बज्रचार्यले बताए । उक्त प्रतियोगितामा प्रथम हुनेले नगद २५, द्वितीयले १५ र तृतीयले १० हजार पुरस्कार पाउनेछन् भने कास्की जिल्लाकालाई थप प्रोत्साहन दिन प्रथम हुनेलाई क्रमशः नगद १०, द्वितीयले ६ र तृतीयले ४ हजार थप गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट