पञ्चकन्या र विशाल वारियर्सको जित

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ११ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सोमबारका खेलमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय(टियु) क्रिकेट मैदानमा पञ्चकन्याले कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले हरायो ।

पन्चकन्याले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कलर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । कलर्सका लागि हरिशंकर शाहले २५, कप्तान ज्ञानेन्द्र मल्लले २०, हिमांशु दत्तले २८ तथा योगेन्द्रसिंह कार्कीले २१ रन बनाए । पञ्चकन्याका करन केसी र शरद भेषावकरले समान ३–३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र सुशील कँडेलले १–१ विकेट लिए । पन्चकन्याको यो लगातार दोस्रो जित हो । पन्चकन्याले आइतबार जगदम्बा राइनोजलाई पराजित गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । पञ्चकन्याका लागि आशिफ शेखले ६० बलमा ६७ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै शरद भेषावकरले ४० तथा सञ्जय श्रेष्ठले २४ रन बनाए । कलर्सका करन केसी, सन्जम रेग्मी र अमर रौटेलाले १–१ विकेट लिए ।

उक्त प्रतियोगितामा शरद म्यान अफ द म्याच भए । सोमबारै भएको अर्को खेलमा विशाल वारियर्सले सगरमाथा लिजेन्ट्सलाई २५ रनले हरायो । विशालले कप्तान पारस खड्काको ४५ बलमा ९९ रनको मद्दतले ४ विकेटको क्षतिमा १७४ रन बनायो ।

जवाफमा सगरमाथा ५ विकेटको क्षतिमा १ सय ४९ रनमा समेटियो । सुनील धमलाले ६० बलमा ८७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । राउन रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा ६ व्य वसायिक घरानाको टिम रहनेछन् । जोहरा स्पोट्स म्यानेजमेन्टको आयोजनामा भएको टी–२० प्रतियोगिता आगामी असोज १७ गतेसम्म चल्नेछ ।  (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट