पुरानो मायालु सम्झँदै शिशिर भुसाल

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । लोकगायक शिशिर भुसालको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब साइनो छैन केही पनि’ बोलको गीत लिएर उनी बजारमा छिरेका हुन् ।

माया गरेर पनि सँगै घरजम गर्न नपाएकाहरूको कथा समेटिएको गीतमा शिशिर र देवी घर्तीको स्वर रहेको छ । यस गीतमा गणेश चौलागाईंको शब्द संगीत रहेको छ । नेपाली लोक दोहोरी गीतमा मौलिक नेपाली शब्द र भाव हुनुपर्छ भन्ने धारणा राख्ने शिशिरले अहिले राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘गीत सुन्नेहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ उत्साहित छु’ उनले भने ।

माया प्रेमका अतिरिक्त दसैं गीत र रोइला गीतमा स्वर दिएका शिशिर मौलिक लोकगीतको खोजीमा आफ्नो अभियान जारी रहेको बताउँछन् । ‘लोकगीत झाराटार्ने प्रवृत्तिको हुनुहुन्न । स्रोताले सुन्ने बित्तिकै यो लोकगीत हो भनेर थाह पाउनुपर्छ’ उनको भनाइ थियो । कपिल लामाको

निर्देशनमा बनेको भिडियो पनि राम्रो बनेको छ । रामकृष्ण दुवाडी, सिमरन क्षेत्रीलगायतले अभिनय गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट