हलिउड अभिनेताको कुटेर हत्या

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

न्युयोर्क, १० असोज । अपरिचित व्यक्तिको कुटाइका कारण हलिउडमा कार्यरत एक क्यानेडियाली अभिनेता रिचार्ड होङको निधन भएको छ । गत शनिवार बिहान २ बजे हलिउड हिलस्थित एउटा घरमा ४१ वर्षिय होङलाई मृत अवस्थामा प्रहरीले फेला पारेका थिए ।

उनको हत्या शुक्रबार राती भएको प्रहरीले अनुमान लगाएको छ । निधन भएको होङको शरीरभरि चोटपटकको निसान रहेको प्रहरीले जनाएको छ ।

घटना क्यानेडाका टिभी प्रस्तोता जर्ज स्ट्रोमबाउलोपोउलोजको घरमा भएको अनुसन्धानको क्रममा खुलेको छ । ४३ वर्षीय जर्जले होङ आफ्नो नजिकैको मित्र भएको र आफ्नो न्युयोर्कस्थित घरमा बस्ने गरेको बताएका छन् ।

प्रत्यक्षदर्शीले कालो ज्याकेट लगाएको ५ फिट ८ इन्ची अग्लो अपरिचित व्यक्तिलाई घटनाको दिन घरमा देखेको बयान दिएका छन् ।  एजेन्सी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट