‘सफर’को पत्रकार सम्मेलन पार्किङ स्थलमा

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘सफर’ले पनि पार्किङ स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । काठमाडांैको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टरको पार्किङमा चलचित्रको पत्रकार सम्मेलन आयोजना गरेको हो ।

चलचित्रका मुख्य कलाकार संजय गुप्ता र निर्देशक आशिष श्रेष्ठ उपस्थित पत्रकार सम्मेलनमा चलचित्रको गीत, संवाद प्रोमो देखाइएको थियो । पत्रकार सम्मेलनमा उपस्थित हुनका लागि दुवैले सफर लेखिएको कार प्रयोग गरेका थिए । पार्किङबाट नै कथाको सुरुआत भएकाले पत्रकार सम्मेलन पार्किङमै गरिएको कलाकार सञ्जय गुप्ताले बताए ।

पत्रकार सम्मेलन उनीहरूले चलचित्र निर्माणको सुरुआती दिनका बारेमा स्मरण गरेका छन् । नायिका नुर्जा श्रेष्ठले अमेरिकाबाट पठाएको भिडियो क्लिप्स पत्रकार सम्मेलनमा देखाइएको थियो । नुर्जाले चलचित्रमा आफूले सक्दो मिहिनेत गरेको भन्दै विषयवस्तु पनि उत्कृष्ट भएको दाबी गरिन् । चलचित्रमा मनन सापकोटा, शिविर पोख्रेल पनि मुख्य भूमिकामा छन् ।

निर्देशक आशिष श्रेष्ठले चलचित्रको कथावस्तु फरक भएको भन्दै यस्तो विषयमा चलचित्र निर्माण नभएको बताए । ३ जना साथीको अमेरिकाका विभिन्न स्थानको यात्राको रमाइलो कथालाई पर्दामा उतारिएको निर्देशकले बताए ।

युवा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई केशव खड्काले लेखन तथा निर्देशन गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट