निशा बनिन् ‘पाँचौँ मिस तमुस्यो’

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
पोखरा, १० असोज । स्याङ्जाको निशा तमुस्योले ‘मिस तमुस्यो नेपाल–२०७३’ को उपाधि जितेकी छन् ।

पाँचौँ संस्करणको मिस तमुस्यो नेपालको उपाधिसहित उनले ५० हजार नगद, १ साताको हङकङ भ्रमण प्याकेज, १२ तोलाको चाँदीको क्राउन जित्न सफल भएकी हुन् ।

पोखरा शभा गृह हलमा भएको अन्तिम स्पर्धामा अन्य १८ जना प्रतिष्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि हात परेकी हुन् । प्रतियोगितामा कास्कीकी स्यारोन तमुस्यो फस्ट रनर अप भइन् । उनले ३० हजार नगद र क्राउन पाउन सफल भइन् भने कास्कीकै सुयसा तमुस्यो सेकेन्ड रनर अप हँुदै २० हजार नगद र क्राउन प्राप्त गरिन् ।

नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीले प्रतियोगिताको आयोजना गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट