माइक्रोम्याक्सको क्यू ४६२ बजारमा

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । स्मार्टफोन उत्पादन कम्पनी माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति क्यू ४६२ (क्यानभास ५ लाइट) बजारमा ल्याएको छ ।
बजारमाउपलब्ध अरू स्मार्टफोनहरू भन्दा क्यू ४६२ (क्यानभास ५ लाइट) मा विशेष प्रकारको प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।

यो १.० गिगाहर्ज क्वाड–कोर प्रोसेसरद्वारा सञ्चालित छ र यसमा १६ जिबी रोम रहेको । यसमा इन्चको एचडी डिस्प्ले र फोनमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ ।

यसमा ८ मेगापिक्सेलको हाइ रिजोलुसन अटोफोकस रियर क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यो १.० गिगाहर्ज क्वाड–कोर प्रोसेसरले गर्दा यो फोन चलाउन धेरै सजिलो र छिटोभएको कम्पनीको दावि छ । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिङ सिस्टममा आधारित रहेको छ ।

क्यू ४६२ (क्यानभास ५ लाइट) मा २ जिबी ¥याम, १६ जिबी रोम र थप ३२ जिबीसम्मको एसडि कार्ड प्रयोग गर्न सकिन्छ ।
यसमा ३ जी र ४ जीका दुइवटै सिम प्रयोग गर्न सकिन्छ । कनेक्टिभिटीका लागि यसमा वाइफाई, ब्लुटुथलगायत सुविधा पनि छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट