वृज सिमेन्टका विजेतालाई पुरस्कार वितरण

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । वृज सिमेन्टले निकालेको अरूको सयचोटी र वृज सुपर प्रिमियम सिमेन्टको एकैचोटी भन्ने ग्राहक योजनाअन्तर्गत सहभागी भई चौथो मोटरसाइकल जित्ने पाँचखालका राजेशकुमार श्रेष्ठ, एलइडी टिभी जित्ने बर्दघाटका हरि न्यौपाने, मोबाइल जित्ने अनिता भण्डारी साथै डिस होम जित्ने कालोपुलका रामबहादुर बस्याल, तथा अरू थुप्रै पुरस्कार जित्ने सम्पूर्ण विजेताहरूलाई बधाई दिएको छ ।

brij-cement

आफ्ना उत्पादनहरूलाई अझ परिष्कृत गर्ने क्रममा कम्पनीले निकालेको भन्ने योजनामा मोटरसाइकल जित्ने राजेशकुमार श्रेष्ठलाई कम्पनीका बिक्री तथा व्यवस्थापक सुरेश जयसवालले मोटरसाइकल हस्तान्तरण गरेका थिए ।

स्क्र्याच गरी जितौँ थुप्रै सियोर सट उपहार होन्डा साइन बाइक चढी बनाऔँ आफ्नो सपना साकार नारा दिएर गरिएको यो उपहार योजनामा अरू धेरै पुरस्कार बाँकी भएको कम्पनीले बताएको छ ।

यो योजना केही समयका लागि लागू गरिएको हुनाले यस कार्यक्रममा छिटोभन्दा छिटो सहभागिताको लागि कम्पनीले अनुरोधसमेत गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट