एभरेस्ट बैंकद्वारा विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । एभरेस्ट बैंकले बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था गरेको छ । विद्यालयमा व्यवस्था गरिएको शुद्ध पिउनेपानीको औपचारीक उद्घाटन भूतपूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा बैंकका अध्यक्ष बिके श्रेष्ठले संयुक्तरूपमा गरेका थिए ।

उक्त कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरू, पूर्वमन्त्री, सभासद्हरू, पन्जाब नेसनल बैंक तथा एभरेस्ट बैंकका उच्चपदस्त अधिकारीहरूको उपस्थिति थियो ।

एभरेस्ट बैंक सदैव आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व प्रति संवेदनशील रही आएको र यसअन्तर्गत बृहत् जनहितका लागि विशेषतः राम्रो स्वास्थ्य, गुणस्तरीय शिक्षा, जनचेतना, पूर्वाधारलगायत क्षेत्रमा योगदान गर्दै आएको जनाएको छ । साथै बैंकले विद्यालयहरूलाई कम्प्युटर, उपकरणहरू तथा अन्य आवश्यक सामग्रीसमेत प्रदान गर्दै आएको छ ।

एभरेस्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरू, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रमण पराजुली

काठमाडौं । मर्चेन्ट बैंकर्स संघको सातौँ वार्षिक साधारणसभाले आगामी २ वर्षको कार्यकालका लागि साधारणसभाभन्दा अघि कायम कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई उनीहरूको जिम्मेवारी अनुरूप नै पुनः १ कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको छ ।

सो अनुसार नबिल इन्भेस्टमेन्ट बैंकिङ लि.का प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीको अध्यक्षतामा कार्यसमितिका अन्य पदाधिकारीहरू रोशनजंग कार्की–उपाध्यक्ष, मेखबहादुर थापा–महासचिव, विजयलाल श्रेष्ठ–कोषाध्यक्ष तथा सदस्यहरूमा श्रीजेश घिमिरे, पारसमणि ढकाल र नबिन बास्कोटा रहेका छन् ।

देशमा खुलेका मर्चेन्ट बैंकरहरूको हकहित संरक्षण गर्दै आपसी कार्यगत एकता कायम गरी धितोपत्रसँग सम्बन्धित समस्याहरूको पहिचान तथा समाधान गरी समग्र पूँजी बजारको विकास गरी राष्ट्रको विकास निर्माणमा सहयोग पु¥याउन नेपाल मर्चेन्ट बैंकर्स संघ स्थापना भएको संघको विज्ञप्तीमा उल्लेख छ ।

कार्य समितिले आगामी दिनमा नियामक निकायलगायत अन्य सम्बन्धित सबैसँग समन्वय गरी मर्चेन्ट बैंकिङ क्षेत्र विस्तार गरी सम्पूर्ण ग्राहक वर्गलाई गुणस्तरीय सेवाको निरन्तरता दिने प्रतिबद्धताका साथ यस संस्थालाई थप सशक्त ढंगले अगाडि बढाउने योजना रहेको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट