बुटवलमा पशुपति पेन्ट्सको नयाँ सोरुम

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । पशुपति पेन्ट्सले नयाँ सोरुम सञ्चालनमा ल्याइएको छ । बुटवलको कालिकानगरमा सञ्चालनमा ल्याइएको नयाँ एक्सक्लुसिभ सोरुमको आधिकारिक बिक्रेता भैरव कलर ट्रेडर्स रहेको छ ।

नयाँ सोरुमको समुद्घाटन पशुपति पेन्ट्सका कन्ट्री म्यानेजर सन्तोश श्रेष्ठद्वारा गरिएको हो । समुद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले नयाँ सोरुमबाट आफ्ना उपभोक्ताले कम्पनीका समग्र उत्पादनहरू थप सहजताका साथ प्राप्त गर्न सक्ने बताए ।

पशुपति पेन्ट्सले भरखरै दसैँतिहारको अवसरमा आफ्ना समस्त ग्राहकलाई लक्षित गर्दैै महापर्वको रंगोत्सव उपहार योजना पनि सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ४० हजार रुपैयाँ बराबर वा सोभन्दा बढीको इमल्सन खरिद गर्दा उपभोक्ताहरूका लागि विभिन्न आकर्षक उपहारहरूको व्यवस्था गरिएको छ ।

योजनाको बम्पर उपहार स्वरूप एक जना भाग्यशाली विजेताले रोयल एन्फिल्डको बुलेट बाइक उपहारका रूपमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । नयाँ सोरुमका उपभोक्ता पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीका सञ्चालक चिरञ्जीवी खनालले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट