कसम तोहार–२ को छायाङ्कन सुरु

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

धनगढी, ११ असोज । सामाजिक द्वन्द्व, नारी प्रधान र पारिवारिक भूमिकालाई समेटेर बनाइएको चलचित्र कसम तोहार–२ को छायाङ्कन धनगढीबाट सुरु गरिएको छ ।

चलचित्रमा  नायकको भूमिका आषिश चौधरी र नायिकाको भूमिका सन्ध्या योगी थारुले गरेका छन्। सुदूरपश्चिम क्षेत्रको कैलाली कञ्चनपुरको  पर्यटकीयस्थललाई चिनाउन यसै क्षेत्रमा चलचित्रको सम्पूर्ण छायाङ्कन गरिने निर्देशक सुरज चर्णाबठवाले बताए ।

थारु कथानक चलचित्रमा मुन थारु, सुमित्रा श्रेष्ठ, ज्योति यादव रहेका छन् भने खलनायकको भूमिकामा खुशीराम चौधरी, प्रभात चौधरी रहेका छन् । सुरज चर्णाबठवाको निर्देशनमा बनेको चलचित्रका शृङ्गार सुमन शङ्कर, छायाङ्कनमा सहयोग सोकिला चौधरी र नृत्य निर्देशनमा भीम अधिकारीले सहयोग गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट