सामाजिक कामलाई ब्यापार बनाउनु ठूलो पाप हो

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

किशोर भण्डारी, निर्देशक÷लेखक ः हास्य टेलिचलचित्र ‘डिट्ठा साब’
बिक्रम संबत २०३२ साल बैशाख १९ गते काठमाडौं जिल्लाको तत्कालीन् काभ्रेस्थली गाविस वडा नं ४ मा पिता माधव भण्डारी र माता केशरकुमारी भण्डारीको सुपुत्रका रुपमा जन्मिएका किशोर भण्डारी पछिल्लो समयमा नेपाली रंगमञ्चमा कहलिएका कलाकार तथा हास्यब्यंग्य लेखक एवं निर्देशकका रुपमा चिनिन्छन् ।

kishor-bhan

कान्तिपुर टेलिभिजनबाट प्रसारणहुने हास्य टेलिसृंखला ‘ठिट्ठा साब’ का निर्देशक, कलाकार एवं लेखकको समेत भूमिका निर्वाह गर्दै गरेका उनी स्थानीय क्षेत्रमा रहेका विद्यालयहरुबाट माध्यमिक तहको अध्ययन पुरा गरी उच्च माध्यमिक तहमा पढ्न शहर झरेका झरे र रत्न राज्य क्याम्पसमा प्रवेश गरेयता शहरी संघर्षबाट नेपाली रंगमञ्चमा स्थापित कलाकार एवं निर्देशकका रुपमा जम्न सफल भएका हुन् ।

स्थानीय विद्यालयमा अध्ययन गर्दा नै दुई वटा नाटकहरुमा उल्लेखनीय भूमिकामा अभिनय गर्ने अवसर पाएका भण्डारीले आफ्नो १० वर्षको उमेरमा २०४२ सालमा टेलिभिजन हेर्न पाएका थिए । त्यसकै दुई वर्षदेखि नै आफुलाई पनि टेलिभिजनमा देखिएका मानिसहरु जस्तै भएर देखा पर्ने रहर जाग्न थालेकै कारण यो क्षेत्रमा संघर्ष गर्न अग्रसर रहेका किशोर भण्डारी नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएपछि २०४८ सालमा अर्थात आफु किशोर अवस्थाको छँदै ‘प्रजातन्त्र’ नामक नाटक लेखेर आफु पढेको विद्यालयको रजत जयन्तीको अवसरमा प्रदर्शन गर्न सफल भए । भण्डारीले उक्त नाटकबाट सम्मान र पुरस्कार समेत प्राप्त गरे जुन पुरस्कारले यो क्षेत्रमा अगाडि बढ्न अझ बढी हौसिला बढायो ।

अध्ययन र कला क्षेत्रको संघर्षसँग सँगै अगाडि बढाउदै लगेका कलाकार भण्डारीले अभिनय प्रशिक्षण अभ्यासका लागि ३ वर्षका लागि भारतका प्रख्यात नाट्य केन्द्रमा प्रवेश गरेर त्यहाँ फिल्म मेकिङ्ग, कोरियोग्राफीका साथै क्यामरा अपरेशनसम्बन्धी अध्ययन गरी नेपाल फर्किएर नेपाली रंगमञ्चमा संघर्ष गर्न थाले ।

भारतीय सिनेमा क्षेत्रमा नै काम गर्ने अवसर प्राप्त भए पनि त्यहाँका हावापानी पचाउन नसेर विरामी परिरहने भएकै कारण उनी नेपाल फर्किन बाध्य भएका थिए । नेपालमा फर्किने वितिक्कै उनले आपूmले हासिल गरेको ज्ञान अनुसारको काम गर्ने अवसर पाउन सकेनन् र उनी विभिन्न विद्यालयहरुमा नृत्य तथा नाट्य प्रशिक्षण दिएर स्वरोजगार बन्न थाले । यहि क्रममा विभिन्न सामाजिक संघसंस्थाहरुले प्रदर्शन गर्ने जनचेतनामूलक सडक नाटकहरुमा समेत अभिनय तथा लेखन एवं निर्देशकको काम गर्न थालेका उनले नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको निकै नै लोकप्रिय कार्यक्रम ‘मह चौतारी’ मा समेत अभिनय गर्ने मौका पाए ।

मह जोडिको अर्को हास्य टेलिसृंखला ‘मदन बहादुर हरिबहादुर, आमा–२ तथा डा. सुनितालगायत दुई दर्जनभन्दा बढी यस्ता टेलिसृंखलाहरुमा कलाकारको रुपमा अभिनय गर्दै गए । यसपछि उनले आफ्नो अभ्यास र अनुभवलाई आफ्नो विशेष भूमिका दर्शकसामु ल्याउनका लागि एउटा अवधारणा बनाउन पुगे । यसमा भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुदै आएको निकै नै लोकप्रिय हास्य टेलिसृंखला ‘हर्के हवल्दार’को कल्पना गरेका थिए ।

आपैंmले लेखेर निर्माण गरेको उक्त टेलिफिल्म ३ वर्षपछि मात्रै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने निर्णय हुँदा निकै नै खुशी भएका भण्डारी प्रसारणको निरन्तरतासँगै काम गर्ने टिममा आउने खटपटका कारण त्यसमा टिकिरहन सकेनन् फेरि आफ्नो अधिकार महशुस हुने टिम तथा कार्यक्रमको कल्पना गर्न थाले र कान्तिपुर टेलिभिजनबाटै प्रसारण हुदै आएको निकै नै लोकप्रिय टेलिचलचित्र ‘डिट्ठा साब’ नामक हास्य टेलि सृंखला ‘डिट्ठा साब’ भएर चिनिएका हुन् । उनी ‘हर्के हवल्दार’मा फुलमान साहु’ को भूमिकाले चिनिइसकेका थिए ।

१ सय ७२ भागको तयारीमा रहेको उक्त टेलिफिल्मको लेखन, निर्देशन तथा कलाकारका साथै अन्य विभिन्न जिम्मेवारीका साथ काम मात्रै गर्दै आईरहेका छैनन् किशोर भण्डारीले विभिन्न ठूला पर्दाका चलचित्रहरुमा पनि अभिनय गर्दै आएका छन् । उनको अभिनय रहेको झण्डै तीन दर्जनभन्दा बढी ठूला पर्दाका चलचित्रहरु दर्शकमाझ आउने र जाने गरिरहेका छन् ।

पेशागत संगठनहरुमा सक्रीय रुपमा सहभागिता जनाउदै सामाजिक काममा समेत लागि पर्दै आएका भण्डारीले आफ्नो बसाई क्षेत्रका अधिकांश सामाजिक गतिविधिहरुमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । किशोर भण्डारी चलचित्र कलकार संघ, राष्ट्रिय चलचित्र कलाकार संघ तथा टेलिभिजन कलाकर्मी मञ्च जस्ता संस्थाहरुमा सदस्यता लिएर सेवा गर्दै आएका छन् । उनी स्थानीय क्षेत्रमा रहेका सहकारी संस्थाहरुमा समेत जिम्मेवार पदमा रहेर काम गर्न पछाडि परेका छैनन् ।

सामाजिक काम गरेको नाममा यसबाट ब्यक्तिगत फाईदा लिने अधिकांश मानिसहरु देख्दै आएका उनी त्यसो गर्नु अधर्म हो भन्ने मान्यता राख्छन् । आफ्नो टोलको खानेपानी योजनालाई एक महिनामा सम्पन्न गरेर आफुले नेतृत्व लिएको उपभोक्ता समितिले सरकारको बजेटको उचित सदुपयोग गरेको कलाकार किशोर भण्डारी दावी गर्छन् ।

अचेल विभिन्न संघ संस्थाहरुले सम्मानलाई ब्यपार गर्न थालेको देख्दा आपूmलाई नरमाईलो मान्य उनी दर्शकहरुको मायालाई भने निकै ठूलो सम्मान सम्झदै आएका छन् र यो प्राप्त भएको स्वीकार गर्ने गर्छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट