आरसिटी दोस्रो स्थानमा

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । रानी पोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा डिभाइन व्वाइज युनियन क्लबलाई ३–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

आरसिटीको जितमा बिकी तामाङले २ तथा शेखर लिम्बुले १ गोल गरे । जितपछि आरसिटीको १० खेलबाट २० अंक पुगेको छ । आइतबारै सामाजिक युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको श्री कुमारीको समान खेलबाट २१ अंक छ ।

यस्तै आइतबारै भएको एनआरटी बासँबारी क्लबसँग ३–२ ले पराजित भयो । दोस्रो मिनेटमा नै एनआरटीको गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दा एनआरटीले गोल खाएको थियो । ३७औँ मिनेटमा सुशील लामाले एनआरटीका लागि बराबरी गोल फर्काए । त्यसपछि वीरेन्द्र थापाको गोलबाट एनआरटीले अग्रता लियो ।

तर, अन्तिम ५ मिनेट निकै नाटकीय बन्यो । २–२ गोलको बराबरी भएको अवस्थामा एनआरटीका राजकुमार घिसिङ दोहोरो पँहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि खेलले अर्के मोड लियो । डी–बक्स नजिकै प्राप्त फ्री–किकमा अनिक विष्टले सुन्दर गोल गर्दै बाँसबारीलाई महत्वपूर्ण ३ अंक दिलाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट