४६औँ थाक खेलकुद महोत्सव सम्पन्न, भलिबलमा जोमसोमको ह्याट्रिक

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
मुस्ताङ, १० असोज । मुस्ताङको कोबाङमा जारी ४६औँ थाक खेलकुद महोत्सवअन्तर्गत पुरुष भलिबलमा जनहित युवा क्लब जोमसोमले उपाधिमाथि ह्याट्रिक गरेको छ ।

आइतबार भएको पुरुषको फाइनल खेलमा जोमसोमले सिक्स सोल्टिज युवा क्लब घासालाई ३–२ सेटले पराजित गर्दै लगातार तेस्रोपटक उपाधि जित्न सफल भयो । महिलातर्फको भलिबलमा टुकुचेले उपाधि जित्यो । डिफेन्डिङ च्याम्पियनसमेत रहेको निलगिरि युवा क्लब टुकुचेले घासालाई नै स्तब्ध उपाधि कब्जा ग¥यो । टुकुचेले घासामाथि ३–१ को सेटमा जित हात पार्दै उपाधि जितेको थियो ।

त्यस्तै कोबाङमा भएको फाइनलमा जोमसोमले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट १९–२५ ले गुमायो । तेस्रो सेट २५–२२ ले जोमसोमले जित्दै पुनः लयमा फर्कियो । तर, चौथो सेट उत्कृष्ट प्रदर्शन गरेको घासाले २५–२३ ले आफ्नो पक्षमा पार्दै सेटमा २–२ को बराबरी ग¥योे । त्यससँगै खेलको निर्णय अन्तिम सेटतर्फ धकेलिएको थियो । निकै रोमाञ्चक बनेको निर्णायक सेटमा जोमसोमले घासालाई १५–१३ ले हराउँदै लगातार तेस्रोपटक उपाधि माथि कब्जा जमाउँदै रनिङसिल्ड आफ्नो बनाउन सफल भयो । शनिबारै भएको सेमिफाइनलमा घासाले लेतेलाई ३–२ को हराउँदै जोमसोमसँग भेट पक्का गरेको थियो । घासाले लेतेलाई २५–२२, २५–१७, २२–२५, १७–२५ र १५–१२ स्कोरले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

त्यस्तै महिलातर्फको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै राम्रो सुरुआत गरेको घासाले हार बेहोरेको थियो । त्यसपछिको सेटमा टुकुचेले घासामाथि २५–१९, २५–१४ र २५–१९ स्कोरले हराउँदै लगातार दोस्रोपटक उपाधि हात पा¥यो । पुरुषतर्फ घासाका क्रिसबोध गौचन र महिलामा टुकुचेकी स्मृति थकाली उत्कृष्ट खेलाडी चुनिए । पुरुषतर्फको विजेता जोमसोमले रनिङसिल्ड, ३० हजार नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र हात पा¥यो ।

जोमसोमले रनिङसिल्डको वापत छुट्टै २५ हजार नगदसमेत हात पा¥यो । दोस्रो भएको घासाले ट्रफी, २० हजार नगद पुरस्कार र मेडल प्राप्त ग¥यो । महिलातर्फको विजेता टुकुचेले ट्रफी, १५ नगद पुरस्कार तथा दोस्रो स्थानमा चित्त बुझाएको घासाले ट्रफी, ७ हजार नगद पुरस्कार तथा मेडल हात पारे । विजेता टिमका कप्तान योगेश शेरचनले आफ्नै कप्तानीमा ह्याट्रिक गर्न पाउँदा निकै खुसी भएको बताए । उनले भने १ महिना ट्रनिङ गरेका थियौँ । त्यही अनुरुप हाम्रो बलियो पक्ष रिसिभ र डिफेन्स रह्यो । जसमा केही पुराना भरपर्दा खेलाडी भएकाले उपाधि जित्न सफल भयौँ । महोत्सवअन्र्तगत भएको मिस मुस्ताङको उपाधि जोमसोमकी सम्झना राईले जितिन् । उनले ताजका साथै १० हजार नगद पुरस्कार हात पारिन् । धौलागिरि युवा क्लब कोबाङकी कमला बुढामगर दोस्रो भइन् ।

मिलीजुली युवा क्लब मार्फाकी कमला बुढामगर तेस्रो हुन सफल भइन् । दोस्रो र तेस्रोले ताज तथा क्रमशः ५ हजार र ३ हजार नगद पुरस्कार हात पारे । धनुषवाणतर्फ जोमसोमले उपाधि जित्यो । सात डोरको खेलमा जोमसोमले ४१ अंक प्राप्त गरेको थियो । विजेतालाई प्रमुख अतिथि वाणिज्यमन्त्री रोमी गौचन थकाली र थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष प्रेमप्रसाद पुन लगायतले पुरस्कृत गरे ।

मन्त्री थकालीले ४६ वर्षदेखि सुरु भएको मुस्ताङकै ठूलो पर्वसमेत रहेको थाक खेलकुद तथा सांस्कृतिक महोत्सव मेट्न नदिन सबैले एक भएर लाग्न अनुरोध गरे । कुल ४ दिनसम्म चलेको महोत्सवमा पुरुषतर्फ ८ टिम र महिलामा ५ टिमको सहभागिता रहेको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट