गोपाल खनालको ‘भूराजनीति’ विमोचित

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । पत्रकार तथा नेपाल सरकारका पूर्व परराष्ट्र मामिला विज्ञ गोपाल खनालद्वारा लिखित गैह्र–आख्यान कृति ‘भूराजनीति’ राजधानीमा सार्वजनिक भएको छ ।

आइतबार भएको सार्वजनिक समारोहमा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता रामशरण महत उपस्थित थिए । पुस्तकमाथि विश्लेषक तुलानारायण साह र राजन भट्टराईले टिप्पणी गरेका थिए ।

साहले पुस्तकमा समेटिएका विषय, सूचना र विश्लेषणहरूको निष्पक्षता नै किताबको पूँजी भएको बताए । दिल्लीमा रहँदाको पत्रकारिताको अनुभव पुस्तकमा झल्किएको साहको भनाइ थियो । ‘किताबमा भारत र चीनबारे जे–जस्ता सूचनाहरू राखिएका छन् त्यो निकै लाभप्रद रहे पनि नेपालबारे त्यस्तै सूचनाहरूसहितको एउटा अंशको कमी महसुस हुन्छ,’ साहले टिप्पणी गरे ।

राजन भट्टराईले पुस्तकमा उपलब्ध सूचना, विवरण र विश्लेषणले विषय विज्ञहरूप्रति चुनौती खडा गरेको बताए । पुस्तकमा प्रयुक्त केही सन्दर्भ सामग्री भने पर्याप्त नभएको उनको भनाइ थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट