‘राधे’मा प्रियंका र निखिल एकसाथ

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । अधिकांश नयाँ नायिकासँग पर्दा सेयर गरिरहेका नायक निखिल उप्रेतीले अहिलेकी चर्चित नायिका प्रियंका कार्कीसँग पनि पहिलोपटक काम गर्दै छन् । नायक उप्रेती र नायिका कार्कीको जोडी पर्दामा पहिलोपटक चलचित्र ‘राधे’ मार्फत देखिँदै छ ।

यो चलचित्रको छायांकन अहिले काठमाडांै बाहिर भइरहेको छ । सफल तथा पुराना निर्माता सुशील पोख्रेलको निर्माणमा बनिरहेको यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरिरहेका छन् । निखिलसँग पहिलोपटक पर्दा सेयर गर्न पाउँदा नायिका कार्की खुबै खुुसी देखिएकी छन् । उनले फेसबुकमा सेयर गरेको निखिल र उनको तस्बिरले पनि यो कुराको पुष्टी गर्छ ।

स्टार कलाकार र सफल ब्यानरका चलचित्रमा काम गरेरै चर्चामा रहेकी प्रियंकाका लागि निखिलसँगको पर्दा सेयरिङ सुखद हुनसक्छ । कारण, निखिलका चलचित्रले सिंगल स्क्रिनमा राम्रै व्यापार गरिरहेका छन् ।

चलचित्रमा अशिष्मा नकर्मी पनि मुख्य भूमिकामा छिन् । तर, निखिल र प्रियंकाको स्टारडमको अगाडि अशिष्मा फिक्का हुन सक्छिन् । लभस्टोरी, एक्सन र पारिवारिक कथामा बनिरहेको यो चलचित्रले के निखिल र प्रियंकाको जोडीलाई सफल बनाउनेमा उनीहरू आशावादी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट