सिम्रन भइन् मिस टिन नेसनल

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । ‘मिस टिन नेसनल–२०१६’को उपाधि सिम्रन पाठकले जितेकी छन् । १३ देखि १९ वर्षका प्रतियोगीबीच भएको सो प्रतियोगितामा उनले आफ्न १४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘बेस्ट वाक’सहित मिस टिन नेसनलको उपाधि जितेकी हुन् ।

¥याम्प जोनको प्रस्तुति रहेको सो प्रतियोगितामा मिनी तामाङ ‘फेसन आइकन’सहित ‘फस्ट रनर अप’, ज्योती थापा ‘मिस ब्युटिफुल’सहित ‘सेकेन्ड रनर अप’ र सृजना पाण्डे ‘मोस्ट फ्रेन्डली’सहित थर्ड रनर अप भए ।

इनु थापामगरले ‘भिवर्स च्वाइस’का साथै ‘कन्जियालिटी’, स्वेता बरमुले ‘बेस्ट स्माइल’, अस्मिता डँगोलले ‘बेस्ट स्किन’, इसानी कार्कीले ‘डिसिप्लेन’, शर्मिला खडकाले ‘बेस्ट फिटनेस’को उपाधि पाए । यस्तै मीना शाहले ‘मिस इन्टेलिजेन्ट’, इलिजा श्रेष्ठले ‘मिस चार्मिङ’ एवं ‘भिवर्स च्वाइस’, लाक्पा शेर्पाले ‘मिस पंचुअल’, सिन्थिया श्रेष्ठले ‘मिस पुपलर’सँगै ‘मिस फोटोजेनिक’ र मञ्जु गुरुङले ‘मिस पर्सनालिटी’को उपाधि प्राप्त गरे ।

यल इभेन्टस प्रालिको प्रस्तुतमा सम्पन्न प्रतियोगिता किशोरीहरूको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले बताइन् । प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट