आईएमई प्रथम हप्ताको बिजेता घोषित

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । आईएमई लिमिटेडले विजयादशमीलाई लक्षित गरेर आयोजना गरेको प्रबद्र्धनात्मक योजनाअन्तर्गत प्रथम हप्ताको भाग्यशाली बिजेता घोषित गरेको छ । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट रकम पठाएका सेवाग्राही तिलक बहादुर श्रेष्ठले प्रथम हप्ताको भाग्याशाली बिजेता चयन भएका हुन् ।

image description

image description

यही १ असोजदेखि ३० असोजसम्म चार हप्ताको लागि गरिएको ‘हुँदैन हात खाली’ योजनाअनुसार पहिलो हप्ताको लागि श्रेष्ठ बिजेता घोषित भएका हुन् । यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाइएको छ ।

निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले ६ सय चन्द्रागिरि केवलकारको टिकट उपलब्ध गराइनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर प्रदान गरिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट