सिटिभीको ‘मोबाइलदेखि स्कुटर उपहार’ योजना

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । सिटिभी मोबाइलले आफ्नो आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ ।
७ असोजबाट ७ मंसिरसम्म आफ्ना आउटलेटबाट मोबाइल खरीद गर्ने ग्राहकहरुवीच लक्कि ड्र गरि प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर, दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुने एकजनालाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको छ ।

ctv

सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने छ । यसका साथै आफ्ना आउटलेटबाट छुटको अफर, एक्सचेन्ज अफर, ६० मिनेट केयर सर्भिसको फाइदा लिन सिटिभी मोबाइलले आग्रह गरेको छ ।

यो योजनामा सहभागि हुने ग्राहकहरुले प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ । दशैं तिहार बम्पर उपहार सँगै आफ्ना आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गरिरहेको छ । स्टकमा रहेका कतिपय मोबाइल ५० प्रतिशत सम्म छुट गरिरहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

सिटिसी मोबाइल बजारमा जारी मोबाइल एक्स्पोमा पनि यो अफर लागूहुने बताउँदै द वल्र्डभिजन प्रालिका प्रबन्ध निर्देशक संगम राइले मेलामा दिइएको बिभिन्न अफरको अलावा आफ्नो आउटलेटबाट ग्राहकले अन्य छुट प्राप्त गर्न सक्ने जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट