सनराइज बैंकको बचत खातामा बिमा सुबिधा

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा ‘बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको छ ।

यस सुविधाअन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाखमा नवढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दावी गर्न सकिनेछ ।

सोही बिमा व्यवस्थाअनुरुप राम भक्त गाबंजार (वंशिजु) कि बुहारी राम काजी गाबंजार (वंशिजु) कि पत्नी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं.१ वस्ने सुर्जे माया गाबंजार (वंशिजु) घाइते भई उपचारको क्रममा निधन भएको थियो ।

‘बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’अन्र्तगत मृतकको नाममा यस बैंकको भक्तपुर शाखामा रहेको खातामा रहेको निक्षेप रकम भुत्तानी मृतकको छोरा राधेश्याम गाबंजार (वंशिजु) लाई भिसा कार्ड, इबैंकिङ, र सन्राइज स्मार्ट बैंकिङ सम्बन्धी सचेतना कार्यक्रमबीच बिमांक रकम दावी भुक्तानी अनुसार २ लाख ३१ हजार ८ सय ९ रुपैयाँको चेक हस्तान्तरण गरियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट