एनसेल मेला २०७३ सम्पन्न

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । एनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै सम्पन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो ।

३० भदौ नारायणगढबाट सुरु भएको मेला शनिवार विर्तामोडमा आयोजनापश्चात् समापन भएको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण यो मेला १ असोज पोखरा, ३ असोज बुटवल र ६ असोज धरानमा आयोजना गरिएको थियो ।

चर्चित कलाकारहरु तथा संगीतिक समूहको प्रस्तुतिहरु, कमेडी, जादु, गेम स्टलहरु, किड्स जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मेलाको प्रमुख आकर्षण रहेको कन्सर्टमा कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगीतिक समूह एक्स ब्याण्डले पाँचै शहरका आगन्तुक तथा दर्शकहरुलाई आफ्नो उत्कृष्ट गीतहरुगाएर झुम्न, गाउन र नाच्न प्रेरित गरेका थिए । हजारौको संख्यामा उर्लिएको दर्शकहरुले गीत संगितको भरपुर आनन्द लिएका थिए ।

मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए भने कलाकार रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतिले दर्शकहरु उत्साहित भएका थिए । ‘एनसेल मेला २०७३ लाई अत्याधिक मनपराइदिनु भएकोमा हामी हाम्रा आदरणीय ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवादज्ञापन गर्दछौ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘यो मेलाले परिवारजन, आफन्त र साथीभाईलाई एकैथलोमा भेला गराई खुसीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न सफल भएको छ ।’

गीत, संगित र अन्य विविध मनोरन्जनात्मक गतिविधिहरु बाकेह, दर्शकहरुले मेलामा एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारीका साथै ती सेवा तथा सुविधाहरु आकर्षक अफरहरु राखिएका थिए ।

सबै उमेरका मानिसहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरुका साथै  नेपाली, भारतीय, चीनियाँ खानाहरुपनि राखिएका थिए । मेलामा आएका बालबालिकाहरुले इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरुको मनोरन्जन लिएका थिए । गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट