टेलिफोन खर्च डेढ करोड

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
म्याग्दी, १० असोज । जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले संकलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरणअनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक १ करोड ३५ लाख रुपैयाँ खर्च गरेको पाइएको हो ।

टेलिकम र एनसेलको अधिकृत बिक्रेताले मासिक १ करोड १५ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बिक्री हुने गरेको बताएका छन् ।टेलिकम, म्याग्दीले मासिक २० लाख रुपैयाँको हाराहारीमा टेलिफोन महसुल संकलन गर्छ । यो तथ्यांक पोखरा र बागलुङबाट ल्याएर बिक्री हुने रिचार्ज कार्ड बाहेकको हो ।

ग्रामीण क्षेत्रमा मोबाइल सेवा विस्तार हुने क्रमसँगै रिजार्च कार्डको बिक्री पनि बढेको नमस्ते टे«ड बेनीका सञ्चालक केशवराज आचार्यले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट