माइक्रोम्याक्सको दसैँ र तिहार म्याक्स उत्सव

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं । नेपालीहरुको महान चाड दसैँ र तिहारको अवसर पारेर माइक्रोम्याक्सले नयाँ अभियान म्याक्स उत्सव घोषणा गरेको छ । कम्पनीले उपहार म्याक्सिमम खुशी म्याक्सिमम नारासहित म्याक्स उत्सव अफर ल्याएको हो । यो अफरमा बम्पर पुरस्कारअन्तर्गत सुजुकीको मोटरसाइकल जित्ने अवसर प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी हरेक माइक्रोम्याक्स स्मार्टफोनको खरिदमा ग्राहकहरुले स्योर शटको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै लक्कीड्रमार्फत ५ जना भाग्यशाली ग्राहकहरुले एलइडी टिभी प्राप्त गर्न सक्नेछन् तथा एक जोडीलाई दुुबई घुम्न जाने मौका प्राप्त हुनेछ ।

काठमाडौं माइक्रोम्याक्स बजेट अनुकूल फोनको लागि प्रसिद्ध छ । यो एउटा यस्तो ब्रान्ड हो जसमा ग्राहकहरु ढुक्क पूर्णरुपमा निर्धक्क हुन सक्ने कम्पनीको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट