दसैँको अवसर पारेर लेनोभोले ग¥यो ‘विनान्जा’ अफर

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

काठमाडौं। नेपालका लागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि.ले दसैँ, तिहार र छठ महोत्सवको अवसर पारेर ‘विनान्जा’ अफर घोषणा गरेको छ । कम्पनीले उपभोक्ताहरुलाई थप उत्साहित बनाउने उद्देश्यले हरेक लेनोभो फोनको खरिदमा उपहारहरुको घोषणा गरेको छ ।

‘विनान्जा, अब जित छ पक्का’ अफरअन्तर्गत उपभोक्ताहरुले बम्पर पुरस्कारमा सुजुकी जिक्सर बाइक जित्न सक्नेछन् भने हरेक साताको लक्कीड्रमार्फत लेनोभो ट्याबलेटहरु तथा नोट बुक जित्ने छन् । यसका साथमा स्योर शट उपहारअन्तर्गत चाँदीको सिक्का, टिसर्ट, ८ जीबीको मेमोरी कार्ड, पावर ब्यांक र ब्लूटूथ हेडसेटलगायतका उपहार स्क्र्याच कार्डद्वारा जित्न सक्नेछन् ।

ल्यापटप उत्पादनका लागि ख्याति कमाएको लेनोभोले स्मार्टफोन, ट्यावलेट र स्मार्ट टि.भी.लगायतका उच्चस्तरीय प्राविधिक उपकरणहरुद्वारा ग्राहकहरुलाई सेवा दिँदै आएको छ । विश्वका उत्कृष्ट स्मार्ट फोन ब्रान्डमा लेनोभो चौथो स्थानमा पर्दछ र यसको बजार विश्वभरि द्रूत गतिमा विस्तार हुँदैछ ।

लेनोभोले नेपाली बजारमा विभिन्न किसिमका बजेट अनुकूल आफ्ना विभिन्न उत्पादनहरु प्रस्तुत गर्दै आएको छ ।
लेनेभोका हरेक मोबाइल फोनको खदिमा १ वर्षको वारेन्टी तथा ब्याट्रीमा ६ महिनाको वारेन्टी प्रदान गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट