१० वर्षपछि कर्णदासको ‘एउटा नयाँ आशा’

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं : गायक तथा संगीतकार कर्णदासले दस वर्षपछि आफ्नो एल्बम ‘एउटा नयाँ आशा’ सार्वजनिक गरेका छन् । कर्णदासकी आमा रत्नदेवी दासले छोराको एल्बम लोकार्पण गरेकी हुन् ।

जिन्दगीको के भरोसा, भेटिएर छुट्नुभन्दा, ठूला–ठूला महल होइनजस्ता गीतबाट चर्चित गायक नेपालमा लोकप्रियताको शिखरमा रहँदारहँदै अमेरिका भास्सिएका थिए । करिब एक दशक अमेरिका बसाइँपछि उनी गतवर्ष नेपाल फर्किएका हुन् । यसअघि व्यर्थै फेरि, पुरानो डुंगा, आधा सपना, प्रितलगायत एल्बम सार्वजनिक गरेका कर्णदासको नयाँ एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

सांगीतिक क्षेत्रमा नयाँ आशासहितको पुनरागमन भएको अर्थमा एल्बमको नाम एउटा नयाँ आशा राखिएको कर्णदास जनाएका छन् । जम्मा १२ गीत समेटिएको एल्बममा ४ वटा पुरानै गीत समावेश गरिएको छ ।

विवेक मल्ल, रन्जु थापा, रञ्जना थापा, गंगाराज मुकारुङ, उत्तम भौकाजी, रमण श्रेष्ठ, मीनबहादुर बोहरा र कर्णदासले लेखेका १२ गीतमध्ये ७ गीतमा कर्णदासकै संगीत रहेको छ भने सन्जु थापा, सन्तोष रमदाम, राजु सिंह र सचिन सिंहले बाँकी गीतमा संगीत भरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट