हाइभोल्टेज छिट्टै रिलिज हुने

प्रकाशित मिति: ९ आश्विन २०७३, आईतवार

रिपोर्टर नेपाल :

काठमाडौं ÷ युवा गायक सुवाष चाम्लिङ्गले आफ्नै एकल स्वरको सांगीतिक एल्बम ‘हाई भोल्टेज’ बजारमा आउने भएको छ । सुगम संगीतका रुपमा उनले आफ्नो नयाँ एल्बम् बजारमा ल्याउन लागेका हुन् । यसको अन्तिम तयारी भईसकेको गायक चाम्लिङ्गले रिपोर्टर नेपाललाई बताए ।
स्थानीय गायकका रुपमा चिनिएका चाम्लीङ आफ्नो गाउँ खोटाङ्गको सिम्पानेमा आधा दशकदेखि गीत गाउदै आएका छन् । उनले अब बजारमा ल्याउने एल्बमका गीतहरुमा चर्चित संगीतकारहरुले संगीतबद्ध गरेका गीतहरु स्वर दिएका छन् । संगीतकाहरुले समेत उनको स्वरलाई सुमधुर भएको बताएका छन् ।

एल्बम ‘हाई भोल्टेज्’मा प्रज्वल अधिकारी, श्रृंखला राई, टेक तामाङका शब्द रचना समावेस छन् भने वसन्त सापकोटा, मनोजराज शिबाकोटी पावल चाम्लीङको संगीत सिर्जना रहेको छ । उनको पहिलो एल्बममा सबै सेन्टिमेन्टल, रोमान्टिक देखि डान्सिङसम्मको गीत समावेश रहेको गायक सुबाश चाम्लीङले जानकारी गराए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट