नागी, भोजपुरमा फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति: ९ आश्विन २०७३, आईतवार

काठमाडौं÷ ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित यहि असोज १५ गतेबाट नागी, भोजपुरको खेलमैदानमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता खेलकुद विकास समिति र बाल सञ्जाल नागीको संयुक्त आयोजनामा हुन गईरहेको छ ।

त्यसै गरी सो प्रतियोगितामा १६ वर्ष मुनीका बालबालिकाहरुको मनोरञ्जनका लागि बाल मैत्री फुटबल खेल पनि समावेश गरिएको छ । यसरी दशैंको मुखमा आयोजना गरिने यस्ता फुटबल प्रतियोगिताले सबै गाउँबासीहरुलाई मनोरञ्जन प्रदान गर्ने, एक आपसमा शुभकामना आदान प्रदान गर्ने थलो साथै खेलकुदका क्षेत्रमा थोरै भएपनि टेवा पुग्ने कुरा स्थानीय सुजन राईले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट