बसन्ती बहार सार्वजनिक

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

रिपोर्टर नेपाल
काठमाडौं÷ गायिक बसन्ती लामा (शेर्पा)को एकल स्वरहरुको सांगीतिक एल्बम ‘बसन्ती बहार’ श्रोतामाझ आएको छ । ‘तिम्ले माया, मलाई छोडी, नेपाली जात र उदासी उदासी’ जस्ता बोल रहेका गीतहरुको उक्त सांगीतिक एल्मबमा समेटिएका छन् ।

हालै राजधानीमा एउटा समारोहको आयोजना गरी सार्वजनिक गरिएको उक्त एल्बमका गीतहरुमध्ये गीत ‘तिम्ले माया’ बोलको गीतको म्युजिक भिडियो समेत उक्त विमोचन समारोहमा सार्वजनिक गरिएको छ ।

पपुलर म्युजिक प्रा.लि.ले बजारमा ल्याएको उक्त एल्मबका गीतहरुलाई बाबुल गिरी, पूर्णश्री, युवराज गुरुङ्ग र विक्रम थापाको संगीतबद्ध गरेका छन् भने तिर्थ दाहाल, भरत बम्जन, कमलकृष्ण मल्ल र समीर राईको शब्द रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट